कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघ्यो

 पुष १६, २०७७ बिहीबार १६:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको हो ।

यस्तै थप ४ सय ४७ जना निको भएर डिस्चार्ज भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म ६ हजार ३ सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया