हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बतानुभएको छ ।
बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने बताउनुभएको हो । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने बताउनुभयो । कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।
मन्त्री ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा विमानस्थल निर्माण गरिएकोले अहिले धरै विमानस्थल सञ्चालनमा आउन नसकेको पनि बताउनुभयो । देशभर ५५ वटा विमानस्थल रहेकोमा ३६ वटा कालोपत्रे गरीएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताउनुभयो । २० वटा विमानस्थल सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा विमानस्थल बनाइएको स्पष्ट हुने बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताउनुभयो । नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एअरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताउनुभयो । प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताउनुभयो ।
प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।