आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 पुष १८, २०७७ शनिबार ७:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका धेरै ठाउँमा आंशिक बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

अहिले पहाडी भूभागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावका कारण अबको तीन/चार दिन तराईमा बाक्लो कुहिरोको सम्भावना नरहेको र बिहानीपख लागेको कुहिरो पनि चाँडै हट्ने मौसमविद्ले बताएका छन् । तर केही दिन देशभर आंशिकदेखि सामान्य बद्ली, कतैकतै सामान्य वर्षा र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया