ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलाे फैलिने जोखिम घट्यो

 पुष १८, २०७७ शनिबार १२:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । 

आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।​ डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगाे सल्किरहेको प्रजिअ चापागाईँको भनाइ छ । अहिले पनि ती मुडामा लागेकाे आगाे निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेका छन् । 

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उहाँको भनाइ छ । डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको प्रजिअ चापागाईँले बताउनुभयो । उहाँकाअनुसार जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ । 

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया