महिला क्रिकेट : लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ फाइनलमा

 पुष १८, २०७७ शनिबार १५:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा पुगेको छ ।

दाङको लमहीमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका लागि रुवीना क्षेत्रीले २६ र काजल श्रेष्ठले २२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो । उसका लागि नितू भण्डारीले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ की निमा तामाङ र संगीता राईले २/२ विकेट लिए । प्रदेश १ ले उपाधीको लागि आइतबार एपीएफसँग खेल्नेछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ । उप विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५/२५ हजार रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया