हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ । भोलिदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसमविदको भनाइ छ ।
पश्चिमी वायूको प्रभावले प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविद सजिना शाक्यले बताउनुभयो । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ ।
अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ । तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ ।
आज काठमाण्डौ उपत्यकामा हिजो भन्दा केही न्यानो महसुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीमा पुगेको छ ।
यस्तै पानी तथा हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।
अबकाे तीन दिनसम्मकाे माैसमबारे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।