ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी

 पुष १९, २०७७ आइतबार ११:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी हुनु भएको छ । प्यानलसहित चुनावी मैदानमा उत्रेका भरतलाल जोशीलाई पराजित गरेर न्याछ्यों अध्यक्षमा  निर्वाचित हुनु भएको हो। 

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभा  अन्तर्गत शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्ष सुशन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित हुनु भएको हो ।

त्यस्तै कार्यसमिति सदस्यमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित हुनु भएको छ।

यसअघि  पूर्ण महर्जन र नविनमान श्रेष्ठ कार्यसमिति समितिमा निर्विरोध निर्वाचित हुनु भएको थियो । २२ पदका लागि भएको निर्वाचनमा ४२ को उम्मेदवारी परेको थियो।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया