हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता निरञ्जन कोइराला (निरु दा) को ७५ वर्षकाे उमेरमा निधन भएकाे छ । उहाँकाे भारतको नयाँ दिल्लीमा रहेकाे म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे निधन भएकाे हाे ।
केशव कोइराला र नोना कोइरालाका पुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाका दाजु हुनुहुन्छ । निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारका रूपमा रहेर काेइरालाले कामसमेत गर्नुभएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।