हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड - नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारत जानु भएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट बिहान ११ बजेर २० मिनेटमा उहाँहरु भारतको मुम्बई प्रस्थान गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
उहाँहरुको साथमा छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि रहेका सापकोटाले बताउनुभयो । सीता दाहालको उपचार मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा हुने पनि उहाँले बताउनुभयो।
वंशानुगत पार्किन्सन्स जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई मुम्बई लगिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।