लगातार बढिरहेको नेप्सेमा 'ब्रेक', झण्डै साढे ६ अङ्कको गिरावट

 पुस २०, २०७७ सोमबार १५:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय उकालो लागेको शेयर बजार सोमबार (आज) भने ओरालो लागेको छ । साेमबार नेप्से ६ दशमलव ३६ अङ्कले घटेर २ हजार १ सय ६९ दशमलव शून्य ४ विन्दुमा झरेको छ । 

सोमबार बैंक, व्यापार, उत्पादन, होटल, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको शेयर घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ । 

सोमबार दुई सय दुई कम्पनीका एक करोड १६ लाख ४३ हजार कित्ता शेयर पाँच अर्ब ९६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि जानकी फाइनान्स र किसान लघुवित्तका लगानीकर्ताले भने नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।   

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया