नेपाल पूर्वाधार बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि खुल्ने

 पुष २०, २०७७ सोमबार १६:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पूर्वाधार बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको छ ।

धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारकाे कार्यालय र म्युचल फन्डसँगको सबै स्वीकृति र प्रक्रिया पूरा भएकाले माघ २ गतेदेखि आईपीओ खुल्ने बैंकका प्रवक्ता सुवर्णसिंह नेपालले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि भोलि (मङ्गलबार) नै आह्वान पत्र प्रकाशित गर्ने उहाँको भनाइ छ । 

बैंकलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते अनुमति दिएको थियो । आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब पुग्नेछ । 

आठ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचल फण्डकाे लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर बैंकका कर्मचारीको लागि छुट्याइएको छ । बाँकी सात करोड ५९ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणले पाउने छन् ।

नेपालमा अहिले सरदर १२ लाखले आईपीओ भर्ने गरेकाले पूर्वाधार बैंकको आईपीओ भर्ने जति सबैलाई पर्नेछ ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • DEBENDRA PANDAY

    Jan. 4, 2021, 4:53 p.m.

    I’m interested , how can i get share ? I’m in Kuwait recently. Please let me know all about it.

  •  0 Reply

तपाईको प्रतिक्रिया