प्रधानमन्त्री र आसेपासेहरूको भविष्य धेरै छैन : पूर्वमन्त्री बिना मगर

 पुस २०, २०७७ सोमबार १७:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – पूर्व खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रधानमन्त्रीले पदकै लागि प्रतिनिधि सभा विघटन गराएको बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री मगरले प्रधानमन्त्रीले नागरिकका लागि भन्दा पनि पदकै लागि प्रतिनिधि सभा विघटन गराएको बताउनुभयो । 

‘प्रधानमन्त्रीलाई देश र नागरिकको चिन्ता छैन । देशको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।’ 

भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नागरिकमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई नागरिकले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरूको भविष्य अब धेरै लामो समय छैन ।’

प्रधानमन्त्रीका नजिकका मान्छेहरूले सङ्घीयता खारेज गर्नुपर्‍यो भनेर वकालत गरिरहेको, नागरिकको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरूलाई प्रधानमन्त्रीका मान्छेहरूले कुल्चने दुस्साहस गरिरहेको उहाँले बताउनुभयो । ‘यस्तालाई नागरिकले चाँडै पराजित गर्नेछन्’, उहाँले थप्नुभयो । 

प्रधानमन्त्रीले नागरिकलाई भ्रम छर्दै हिँडिरहेकाले उहाँ देशको प्रधानमन्त्री नभइ एउटा कमेडियन पात्र मात्र हो कि भन्ने भान भइरहेको पूर्वमन्त्री मगरको भनाइ छ । ‘उहाँका गतिविधि नागरिकले हेरिरहेका छन् । अब धेरै दिन उहाँका भ्रम टिक्ने छैन ।’  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया