‘दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको सुनलगायतका बहुमूल्य वस्तु नबोक्नुस्’

 पुष २०, २०७७ सोमबार २०:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दाेहामा रहेको नेपाली राजदूतावासले दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको बहुमूल्य वस्तुहरू नबोक्न नेपाली समुदायमा अनुरोध गरेको छ । 

कतारबाट नेपाल आउने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा प्रलोभनमा परि सुनलगायतका बहुमूल्य वस्तु ल्याउँदा नेपालमा विभिन्न समस्यामा परेको भन्दै राजदूतावासले ध्यानाकर्षण देखाएको हो ।

राजदूतावासले कतारमा आफूले खरिद गरेको सुनलगायत बहुमूल्य वस्तुको खरिद बिल सँगै लैजान अनुरोध गरेको छ ।  

साथै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिद बिल साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने बहुमूल्य वस्तु बोकेको पाइएमा सामान जफतका साथै कारबाही पनि हुने भन्दै राजदूतावासले सचेत गराएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया