हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - आज पनि देशभरको मौसम बद्ली भएको भएको छ ।
हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार वाग्मती प्रदेशका एक/दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।
पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
आज काठमाण्डाैको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।