हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, इन्टरनेट केबल तारहरु, ब्यानर, पोष्टरलगायत सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
नगरपालिकासँग अनुमति नै नलिएर कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तार, ब्यानर पोष्टरहरु जथाभाबी टाँसेको पाएइकाले सात दिनभित्र हटाउन निर्देशन दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।
सात दिनभित्र नहटाए नगरपालिका आफैँले हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित संस्था या व्यक्तिबाट असुल गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तारहरु हटाउन, ब्यानर र पोष्टर हटाउन, रंग लगाउन इच्छुक व्यक्ति अथवा संघसंस्थाले अबको सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
काम गर्न चाहनेले फर्म/कम्पनी दर्ताको प्रमाणपत्र, नवीकरण, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७६/७७ को करचुक्ता प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले यो सडकखण्डमा सरसफाई कार्यक्रम संचालन गर्न पनि प्रस्ताव आह्वान गरेको छ । छनोट भएका व्यक्ति अथवा संस्थाले हप्ताको एक दिन कलंकी-नागढुंगा-पिपलामोड सडकखण्डको सडकपेटीसहित राजमार्ग सफाइ गर्नुपर्ने र सफाइ गर्दा उठेको फोहोरमैला संस्था आफैँले व्यवस्थापन गर्नुपर्ने नगरपालिकाले निकालेको सूचनामा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।