हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाडौको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापा मगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाण्डौ रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो ।
आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल र रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी. को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ । चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।