सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढ्याे

 पुस २१, २०७७ मंगलबार ११:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ९५ हजार ३ सय रुपैयाँ थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर  रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा भाउ अझै बढ्ने अनुमान गरिएको हो । यस्तै, आज चाँदीकाे भाउ ताेलामा १० रुपैयाँले बढेर ताेलाकाे १३ सय ३५ रुपैयाँमा पुगेको छ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया