नेप्से साढे ३ अङ्कले घट्यो, शिखर इन्स्योरेन्सको ६९ करोड रुपैयाँको कारोबार

 पुस २१, २०७७ मंगलबार १६:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य घटेको छ । नेप्से ३ दशमलव ५४ अङ्कले घटेर २ हजार १ सय ६५ दशमलव ४९ विन्दुमा झरेको छ ।

विकास बैंक, जलविद्युत् र निर्जीवन बीमा समूहबाहेक अरू समूहको शेयर ओरालो लागेको छ । बैंक, होटल, फाइनान्स, उत्पादन, अन्य, जीवन बीमालगायतका समूहको शेयर सामान्य घटे पनि व्यापार समूहको शेयर भने १ सय ४६ अङ्कले ओरालो लागेको छ ।

साेमबार दुई सय ६ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब ५६ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

साेमबार साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाए । तर समग्र बजार घटे पनि सात वटा कम्पनीका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया