आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने

 पुस २२, २०७७ बुधबार ७:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया