हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाैको वायु प्रदुषणले कोरोना भाइरसका सङ्क्रमित र श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई धेरै समस्या भैरहेको डाक्टरहरुले बताएका छन् ।
कोरोना संक्रमण भएर घरमा बसेकाहरुले अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम रहेको छ भने तत्काल अस्पताल गएर भर्ना भएर बस्नुपर्ने वीर अस्पतालमा छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ बताउनुहुन्छ । यस्तै बालबालिका, बृद्धबृद्धा, गर्भवती, पेटमा रहेको बच्चालगायतलाई वायु प्रदुषणका कारण धेरै समस्या हुने अध्ययनले प्रमाणित गरिसकेकोले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
उज्यालोसँग कुरा गर्दै उहाँले मुटु रोग भएका, हृदयघात भएकालगायत समस्या भैसकाका व्यक्तिहरु उच्च जोखिममा रहेका बताउनुभयो । यस्तो मौसममा उच्च जोखिममा रहेका व्यक्तिहरु घर बाहिर निस्कन नै नहुने उहाँको भनाई छ । यस्तै मर्निङ वाक, इभिनिङ वाक गर्नेलगायत क्रियाकलापले पनि यस्तो समयमा स्वास्थ्यमा असर गर्ने डाक्टर श्रेष्ठ बताउनुहुन्छ ।
वायु प्रदुषण मापन गर्ने एक्यूआई ५ सय नाघेको खण्डमा स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने भन्दै उहाँले त्यसै विन्दु नजिक प्रदुषण पुगेकोले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।