यो वर्ष नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुने विश्व बैंकको प्रक्षेपण

 पुस २२, २०७७ बुधबार १२:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुने जनाएको छ ।

सन् २०२१ मा विश्व बैंकले निकालेको पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट अनुसार चालू आर्थिक वर्ष अर्थात सन् २०२०/२१ मा नेपालको आर्थिक बृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुनेछ । यसअघि सन् २०२० का अध्ययनले पनि आर्थिक वर्ष २०७७/७८ मा नेपालको वृद्धिदर र शून्य दशमलव ६ प्रतिशतमै सीमित हुने देखाएको थियो ।

यस्तै गएको आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशतमै सीमित रहेको विश्वबैंकले जनाएको छ । तर नेपाल सरकारले भने चालू आर्थिक वर्षमा सात प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ । विश्व बैंकका अनुसार कोरोनाको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, उद्योग क्षेत्रको योगदानमा आएको कमी र सरकारले गर्ने लगानीका क्षेत्र खुम्चिएका कारण आर्थिक बृद्धिदरमा ठूलो गिरावट आउने प्रक्षेपण गरेको छ ।

दक्षिण एसियाली देशमा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर ९ दशमलव ६ र भुटानको शून्य दशमलव ७ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ । सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक बृद्धिदर ९ दशमलव ७ प्रतिशत कायम हुने विश्व बैंकको अनुमान छ । सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया