रसुवागढी नाका जोड्ने सडकको विजुलीको पोल सार्न चैतसम्म लाग्ने

 पुष २२, २०७७ बुधबार १२:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्न चैतसम्म लाग्ने भएको छ ।

केही ठाउँमा पोल सार्ने काम सुरु नै गर्न नपाउँदा समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे शाखाले जनाएको छ । २०७६ सालको चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीय बासिन्दाको अवरोध र भौगोलिक विकटतालगायत कारण काममा ढिलाइ भएको केन्द्रले जनाएको छ ।

स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । यही पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए पनि प्राधिकरणले चैतसम्ममा मात्र सक्ने जानकारी गराएको छ । सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा ५० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

योजना प्रमुख नारायणदत्त भण्डारी भण्डारीका अनुसार चैतसम्ममा पोल सार्ने काम सकिएमा त्यसपछि स्तरोन्नतिको काम सुरु हुने छ । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेकोमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने योजनाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया