तेस्राे टेस्टका लागि यस्ताे छ भारतीय टिम, राेहितले ओपनिङ गर्न सक्ने

 पुस २२, २०७७ बुधबार १७:२०:४० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले अस्ट्रेलियाविरुद्धकाे तेस्राे टेस्टका लागि आफ्ना ११ जना खेलाडीकाे सूची जारी गरेकाे छ । 

बिहीबार (भाेलि) देखि सिड्नीमा सुरु हुने तेस्राे टेस्टमा भारतले ओपनर ब्याट्सम्यानका रूपमा मयङ्क अग्वालकाे ठाउँमा राेहित शर्मालाई ल्याएकाे छ । 

रोहित शर्मा अन्तिम दुई टेस्टमा भारतीय टिमकाे उपकप्तान पनि हुनेछन् । 

तीव्र गतिका बलर उमेश यादव घाइते भएपछि उनकाे ठाउँमा नवदीप सैनलाई टिममा बाेलाइएकाे छ । सैनीले यही खेलमार्फत टेस्टमा डेब्यु गर्नेछन् । 

बाँकी खेलाडी मेलबर्न टेस्टमा खेल्ने नै रहेका छन् । यस्ताे छ तेस्राे टेस्टका लागि भारतीय टिम– 
रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्या रहाणे, हनुमा विहारी, ऋषभ पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहम्मद सिराज, जसप्रित बुमराह, नवदीप सैनी ।

अस्ट्रेलियाले भने आफ्ना प्लेइङ ११ काे सूची सार्वजनिक गरिसकेकाे छैन ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया