उखु किसानकाे गुनासाे : सम्झौताअनुसार भुक्तानी पाइएन

 पुस २३, २०७७ बिहिबार ९:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएकाे पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको भनाइ छ ।

सम्झौता भएको आठ दिन बितिसक्दा समेत भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो । आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपैयाँ किसानको खातामा आएको तर सम्झौता भएको नौ दिन भइसक्दा पनि किसानको खातामा बाँकी रुपैयाँ नआएको उहाँको भनाइ छ । 

सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिवद्धता जनाएको थियो । किसानको भुक्तानी नदिएका कारण सरकारले उद्योगीको खाता रोक्नुका साथै जग्गा जमिनसमेत रोक्का गरेको छ । 

उद्योगीले यही बहानामा किसानको भुक्तानी नदिएको मिश्रले बताउनुभयो । उद्योग मन्त्रालयले भने किसानको भुक्तानी दिनका लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ । यो महिनाभित्र पनि भुक्तानी नभए फेरि आन्दोलन गर्ने उखु किसानले चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया