ट्रम्प समर्थककाे हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

 पुस २३, २०७७ बिहिबार १२:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेकाे हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ)भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो । 

वाशिङ्टनमा रहेको संसद भवनभित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेकाे थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम रहेकाे थियो ।

ट्रम्पका समर्थकहरुले भवनभित्रै पसेर विराेध गर्न थालेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो । ट्रम्पका सयौं समर्थकहरुले चुनाव रद्द गर्न माग गरेका थिए । यसैबीच अमेरिकामा भइरहेकाे यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनललगायतले यस घटनाकाे निन्दा गरेका बीबीसीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया