हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक अशान्ति भएको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा सहभागीले मानसिक अशान्ति भए पनि परिवारको साथ र सहयोग पाएको बताएका छन् ।
सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेशनमा बस्दा मानसिक अशान्ति भएको पाइएको परिषद्ले जनाएको छ ।
होम आइसोलेशनमा बस्ने धेरैलाई छुट्टै कोठा व्यवस्थापन गर्न समस्या देखिएको छ । सर्वेक्षणमा सहभागीमध्ये ४२ दशमलव ८ प्रतिशतले छुट्टै बस्ने कोठा व्यवस्थापनमा समस्या भएको बताएका हुन् । यस्तै २६ दशमलव १ प्रतिशतलाई छुट्टै शौचालय प्रयोगमा समस्या देखिएको र २० दशमलव ७ प्रतिशतलाई आवश्यक सामग्रीको व्यवस्थापन गर्न समस्या देखिएको परिषद्ले जनाएको छ ।
होम आइसोलेशनमा बस्नेलाई परिवारको राम्रो साथ र सहयोग पाइएको पनि अनुसन्धानमा देखिएको छ । सर्वेक्षणमा सहभागी ५ प्रतिशतले मात्र परिवारको साथ नभएको बताएका थिए । यस्तै धेरै कोरोना सङ्क्रमितले घरेलु उपचार गरेको पाइएको छ ।
सर्वेक्षणमा सहभागीमध्ये ५९ दशमलव ३ प्रतिशत कोरोना सङ्क्रमितले गुर्जो र बेसारको प्रयोग गरेको पाइएको हो । यस्तै ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक उपचार र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको परिषदले जनाएको छ ।
यस्तै सङ्क्रमित भएर उपचार गरिरहेकामध्ये ५९ दशमलव ३ प्रतिशतले घरेलु, ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ ।
अनुसन्धानका क्रममा लक्षणसहितका सङ्क्रमितमा ज्वरो, खोकी, चिसो महशुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध थाहा नहुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी र जोर्नी दुख्ने तथा वाकवाकी हुने समस्या देखिएको छ ।
अध्ययनमा सहभागी सङ्क्रमितमध्ये ५२ दशमलव ५ प्रतिशतले परिवारसँग भौतिक दूरी पूर्णरूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ भौतिक दूरी कायम गरेकोसमेत पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।