प्रधानमन्त्री ओली धनगढी आउँदै

 पुस २४, २०७७ शुक्रबार १०:१६:३ | सीताराम ओझा
unn.prixa.net

कैलाली -  प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै हुनुहुन्छ । 

नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । धनगढीको चोक-चोकमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कैलालीमा झण्डै डेढ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । सभास्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन प्रतिबन्ध लगाइएको छ । 

पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिर आउन लाग्नुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया