प्रतिनिधि सभा विघटनकाे विराेधमा विवेकशीलद्वारा ऐना प्रदर्शन : ‘याे समय भ्याक्सिनकाे हाे, प्रमज्यू’

 पुष २४, २०७७ शुक्रबार १४:३६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील पार्टीले शुक्रबार माइतीघर मण्डलमा ऐना देखाएर प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रदर्शन गरेको छ । 

नेताहरूको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लागेकाले नेताहरूले एक पटक आ–आफ्नो व्यवहारहरू ऐनामा हेरून् र तटस्थ भएर आफ्नै व्यवहारहरूको गम्भीर समीक्षा गरून् भन्ने सन्देश प्रवाह गर्न आफूहरूले ऐना देखाएर प्रदर्शन गरेको विवकेशील पार्टीका नेता शशिविक्रम कार्कीले बताउनुभयाे । उहाँले शनिबार बिहान साढे १० बजे पनि माइतीघर मण्डलमा ऐना प्रदर्शन गर्दै प्रधानमन्त्रीको कदमको प्रतिवाद जारी राख्ने जानकारी दिनुभयाे । 

प्रदर्शनमा सहभागीहरूले “रिफ्लेक्ट गरौँ !! नागरिकले/समाजले/दलले/सरकारले” “मनन गरौँ !! हाम्रो अवस्था, लक्ष्य, आवश्यकता” प्रतिनिधि सभा विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, "कू" मतिमा नलाग्नुहोस् प्रमज्यू, अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लुटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायत लेखेका प्ले कार्ड बोकेका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गरेको आज १९ औँ दिन हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि विवेकशील पार्टीले विभिन्न सिर्जनात्मक शैली प्रयोग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया