गोरखाबाट हिँडेको सेनाको टोली भाेलि काठमाण्डौ आइपुग्ने, भव्य स्वागतको तयारी

 पुष २५, २०७७ शनिबार १६:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुस २१ गते गोरखा दरबारबाट सुरु भएको गोरखा–काठमाण्डौ एकीकरण मार्ग पदयात्राको टोली भोलि काठमाण्डौ आइपुग्ने भएको छ ।

पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै गोरखाबाट हिँडेको नेपाली सेनाको टोली भोलि आइतबार बेलुकी ५ बजे हनुमान ढोका दरबार आइपुग्ने नेपाली सेनाले जनाएको छ । भाेलि नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने हुँदै बिहान तीनपिप्ले आइपुग्नेछ । त्यहाँ पालिका तथा स्थानीयवासीद्वारा पञ्चेबाजा एवं झांकीसहित स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली सेनाको टोली पृथ्वीनारायण विद्यालय बालाजू बाइपास, सोह्रखुट्टे, नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको छ ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई पालिकाका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गर्नेछन् । साँझ श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा पृथ्वीनारायण शाहले बनाएका सेनाका ५ वटा कम्पनीका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न लागेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया