६२ जना यात्रुसहित सम्पर्कविहीन भएकाे जहाज समुन्द्रमा खसेकाे आशंका

 पुस २५, २०७७ शनिबार १९:३३:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - इण्डाेनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ ।

राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो ।

जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् ।

जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया