‘अन्तर मन्त्रालय समन्वयको अभावमा विकासका काम रोक्न हुँदैन’
फागुन १३, २०७७ बिहिबार
काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।
देशमा कुनै उल्लेख्य प्रणाली नरहेकाले मौसम सामान्यतया सफा रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । भैरहवा, सिमरा, विराटनगरलगायत तराईका केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको र त्यो बिस्तारै हट्दै जाने पनि सापकोटाले बताउनुभयो ।
प्रदेश १ र प्रदेश २ का केही ठाउँमा सामान्य बादल लाग्ने र उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको सम्भावना भने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम सामान्यतया सफा रहे पनि चिसो भने कायमै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।