४१ अङ्कले बढेसँगै नेप्सेले २२ सय विन्दु पार गर्‍याे

 पुस २६, २०७७ आइतबार १६:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । पछिल्लो एक महिनादेखि पटक–पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५  दशमलव ७२ विन्दुमा पुगेको छ ।

आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ ।

आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंककाे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंकलगायत ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया