तथ्याङ्क चोर्ने ‘नरपिचास’ पक्राउ

 पुष २६, २०७७ आइतबार १६:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भायानेट कम्युनिकेशन इन्टरनेटका ग्राहकको तथ्याङ्कमा अनधिकृत पहुँच राखेर उनीहरूकाे विवरण सार्वजनिक गर्ने एक जना बुटवलबाट पक्राउ परेका छन् ।  

भायानेटका ग्राहकको तथ्याङ्क चोरी गरी फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले बुटवलबाट १७ वर्षका 'नरपिचास' (नाम परिवर्तन) लाई पक्राउ गरेको जनाएको छ । 

नरपिचास नामक ट्विटर ह्याण्डलमार्फत पनि ती युवकले तथ्याङ्क सार्वजनिक गर्ने गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको छ ।     

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया