बयलगाडा प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

 पुष २६, २०७७ आइतबार १७:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाण्डौमा निकालेको बयलगाडा जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

थापाथलीबाट बयलगाडा प्रदर्शनसहित माइतीघर पुगेको जुलुसलाई रोक्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपका क्रममा केही विद्यार्थी सामान्य घाइते भएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिनुभयो ।

२०६२/०६३ को जनआन्दोलन चलिरहँदा केपी शर्मा ओलीले यो आन्दोलनले गणतन्त्र ल्याउँछौँ भन्नु र बयलगाडा चढेर अमेरिका जान्छौँ भन्ने एउटै भएको प्रतिक्रिया दिनुभएको थियो । ओलीको त्यो भनाइलाई लिएर अहिले पनि उहाँलाई गणतन्त्र विरोधी भएको भन्दै अनेरास्ववियुले बयलगाडा जुलुस गरेको हो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया