नेपालमा काेराेना खाेप प्राप्त भएकाे एक हप्ताभित्र वितरण सुरु हुने

१ कराेड ७० लाख खाेप भण्डारण क्षमता

 पुस २७, २०७७ सोमबार १५:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो । 

साेमबार पत्रकार सम्मेलन गर्दै उहाँले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताउनुभयो । निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उहाँको भनाइ छ । 

यद्यपि एक करोड ७० लाख खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उहाँले बताउनुभयो । खोप न्यायपूर्ण ढङ्गले वितरण गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे । 

उहाँले सञ्चालनमा रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने र त्यसका लागि पाँच हजार कर्मचारी खटाउने पनि बताउनुभयाे । यस्तै ५२ हजार महिला स्वंयसेविकालाई पनि परिचालन गर्ने सरकारको तयारी छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले खोपमा अरू देशभन्दा पछि पर्ने अवस्था नभएको दाबी पनि गर्नुभएको छ । यद्यपि नेपालमा काेराेना खाेप कहिले आउँछ भन्नेबारेमा यकिन भइसकेकाे छैन ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया