मनीषा कोइरालाको आक्रोश : ‘मौलिक हक खोसेर ओली सरकार अधिनायकवादतर्फ गयो’

 पुष २७, २०७७ सोमबार १६:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । अभिनेत्री मनीषा कोइरालासहितको र्‍याली पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न भद्रकालीबाट सिंहदरबारको गेटतर्फ जाँदै गर्दा प्रहरीले रोकेको हो ।

प्रहरीले रोकेपछि र्‍यालीका सहभागीहरूले विरोध गरेका छन् । प्रहरीले हस्तक्षेप गरेको भन्दै अभिनेत्री मनीषा कोइरालाले ट्विटरमा आक्रोश पोखेकी छिन् । उनले नागरिककाे राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको बताएकी छिन् ।

यस्तै पृथ्वीनारायणको सालिक अगाडि नै सरकारले आपत्तिजनक कार्य गरेको भन्दै काेइरालाले आक्रोश पाेखेकी हुन् । कोइरालाले साेधेकी छिन्, ‘पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ?’

— Manisha Koirala (@mkoirala) January 11, 2021

अभिनेत्री काेइरालाले सरकारले मौलिक हक खोसेर अधिनायकवादतर्फ उन्मुख भएको पनि टिप्पणी गरेकी छिन् । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया