रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही

 पुस २७, २०७७ सोमबार १९:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले समयमै रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता रद्द गरेको छ ।

कृषि सामग्री कम्पनीसँग गएको भदौमा भएको सम्झौताअनुसार शैलुङ कम्पनीले मङ्सिरको १३ गतेसम्म २५ हजार मेट्रिक टन युरिया मल ल्याउनुपर्ने थियो । तर अहिलेसम्म पनि मल नल्याएपछि सम्झौता खारेज भएको हो ।  

यस्तै मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर १७ र १८ गते २० हजार मेट्रिक टन डीएपी र २५ हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा नल्याएपछि सम्झौता खारेज भएको हो । यी कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस पठाउने तयारी भएको पनि कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया