नेपालका लागि ईयूकी राजदूत डेप्राेजद्वारा बारपाकमा भइरहेकाे पुनर्निर्माणकाे अवलाेकन

 पुष २७, २०७७ सोमबार २०:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत नोना डेप्रेजले गोरखाको बारपाकमा भइरहेको पुनर्निर्माणको अवलोकन गर्नुभएको छ । उहाँले २०७२ सालमा गएको भूकम्पका कारण भत्किएपछि अहिले बनाइएका र बन्दै गरेका विद्यालय, घर तथा पुरातात्विक सम्पदाको साेमबार अवलोकन गर्नुभएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि युरोपियन युनियनले नेपाललाई एक सय मिलियन युरो सहयोग गरेको छ । यसै अन्तर्गत भइरहेका पुनर्निर्माणको राजदूत नोना डेप्रेजले अवलोकन गर्नुभएको हो ।

काठमाण्डौबाहिर पहिलो पटक गण्डकी प्रदेशको तीन दिने भ्रमणमा निस्कनुभएकी राजदूत नोना डेप्रेज मङ्गलबार (भोलि) तनहुँको बन्दीपुर पुग्नु हुनेछ । त्यहाँ पनि उहाँले युरोपियन युनियनको सहयोगमा बनिरहेका परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

बन्दीपुरपछि उहाँले कास्कीमा भइरहेका परियोजनाको अवलोकन तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितका नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया