आगलागीमा परेर झापामा प्यारालाइसिसका बिरामीको ज्यान गयो

 पुष २८, २०७७ मंगलबार ८:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापामा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । आगलागीका कारण तीन लाख रुपैयाँ बराबरकाे सुनचाँदी, ८ लाख रुपैयाँ बराबरकाे खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ  ।

आगो स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको थियाे । आगो लाग्नुको कारण खुलेको छैन ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया