कोरोना सङ्क्रमण भएका कर्मचारीलाई छुट्टै बिदाको व्यवस्था

 पुष २८, २०७७ मंगलबार ११:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ । 

मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ । 

परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ ।

यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ । यस्तै कार्यालयमा कसैलाई कोरोना सङ्क्रमण भएमा संक्रमण भएका र सरकारी मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका बाहेक अरुले सेवालाई निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको छ । 
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया