हास्य–व्यङ्ग्य र प्रहसन गर्न सडकमा आएका हाेइनाैँ, गणतन्त्र धरापमा पर्‍याे : प्रचण्ड

 पुस २८, २०७७ मंगलबार १९:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेकाले यसलाई जोगाउन आफूहरू सडकमा आएको बताउनुभएको छ ।

आफूहरू कुनै हाँस्य–व्यङ्ग्य गर्न र प्रहसन गर्न नागरिक र कार्यकर्ताको माझमा नआएको भन्दै उहाँले लोकतन्त्र नै धरापमा परेकाले सडकमा आउनुपरेको बताउनुभयो ।

गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा उहाँले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नेमा आफू ढुक्क रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै प्रचण्डले सूर्य चिह्न र पार्टी पनि आफूहरूकै हुनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । नेता दाहालले जबज माधवकुमार नेपालले नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले छाडेको बताउनुभएको छ ।

साथै उहाँले प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले गरेको आन्दोलनलाई कुहिएको फर्सी भनेकोप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।   

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया