हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।
आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।
आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ । कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो । यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sonam
Jan. 16, 2021, 9:18 p.m.Kasari form fill up garne