खोप आयातमा सहयोग गर्न सरकारको आह्वान

 पुस २९, २०७७ बुधबार ११:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो । दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य गरी जम्मा हुने रकम सरकारले खर्चको समिक्षा गरी परिचालन गर्ने जनाएको छ । प्राथमिकताको आधारमा लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । खोप आयातका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको सरकारको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया