ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका बेला उपराष्ट्रपतिले ट्रम्पलाई बर्खास्त नगर्ने बताएका हुन् । अब ट्रम्पलाई हटाउन महाअभियोग नै लगाउनुपर्ने छ । गएको बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र विद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ ।
उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने दावी गरेका खबरमा उल्लेख छ । यसैबीच बीबीसीले राष्ट्रपती ट्रम्पकै पार्टी रिपल्बिकनका कतिपय सिनेटरहरु पनि ट्रम्पलाई हटाउने अभियानमा जुट्न थालेका बताएको छ ।
प्रतिनीधि मण्डलमा रहेका वरिष्ठ रिपब्लिकन लिज चेनीले ट्रम्प विरुद्ध मतदान गर्ने घोषणा गरेका र डोमोक्र्याट्को अभियानमा अरु रिपब्लिकनले पनि साथ दिन थालेका बीबीसीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।