२४ घण्टामा ४४५ जना काेराेना सङ्क्रमित थपिए

 पुष २९, २०७७ बुधबार १७:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा चार हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण भएकाेमा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै काेराेना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक सय ८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जनामा सङ्क्रमण देखिएकाे छ । 

यस्तै गएको २४ घण्टामा चार सय १४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या दुई लाख ५९ हजार सात सय ७२ पुगेको छ ।

थप पाँच जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ३७ पुगेको छ ।       

नेपालमा बुधबारसम्म चार हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । त्यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया