राष्ट्रपतिद्वारा माघी पर्वले सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त

 माघ १, २०७७ बिहीबार ८:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवि भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपालका सबै जातजाति र समुदायका नागरिकबीच आपसी मेलमिलाप र सद्भाव बढ्ने बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पर्वले सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवसको अवसरमा शुभकामना दिँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताकाबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पर्वहरुको विविधता नै देशको सम्पत्ति भएको भएको बताउनुभयो । संवैधानिक व्यवस्था र नीतिले देशको सांस्कृतिक एवं धार्मिक विविधतालाई संरक्षण गरेको उहाँको भनाइ छ । पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा समेत दिएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया