‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

 माघ १, २०७७ बिहीबार ९:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । 

योगलाई जीवन विज्ञान र जीवनशैलीका रुपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ । 

पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने डाक्टरहरु बताउँछन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्ने बताउनुभएको छ । 

योग दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले शारीरिक एवम् मानसिक रुपले स्वस्थ र निरोगी नागरिक समृद्ध नेपाल, सुखी नेपालीको एउटा आधार भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दिवसले योग अभ्यासमा सही ढङ्गले लाग्न र यससम्बन्धी खोज अनुसन्धान गरी तथ्यपरक कुराअगाडि ल्याउन सहयाेग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया