हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।
‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।
यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएकाे वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।
‘गएकाे वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपर्याे र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramji ghimire
Jan. 14, 2021, 3:30 p.m.Good news