बालुवाटारमा यसरी मनाइयाे याेग दिवस

 माघ १, २०७७ बिहिबार १५:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । 

योगलाई जीवन विज्ञान र जीवनशैलीका रूपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ । 

पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरू योग गरे समाधान हुने डाक्टरहरू बताउँछन् । 

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा पनि याेग दिवस मनाइएकाे छ । तस्बिरहरू–

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय 

अन्तिम अपडेट: माघ ३, २०७७

तपाईको प्रतिक्रिया