हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिश दूतावास काठमाण्डौसँगको समन्वय र बीबीसी मिडिया एक्सनसँगको सहकार्यमा भीएसओ नेपालले बुधबार एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । भीएसओ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणका लागि दिदीबहिनी शिक्षा सञ्जालअन्तर्गत सामुदायिक स्वयंसेवीहरूको भूमिकासम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले महिला र बालिकाविरुद्ध हुने हिंसाको समाधानका लागि हरेकले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
उहाँले बालिकाहरूको शिक्षा निरन्तरतामा उनीहरूलाई सहयोग गर्नु र उनीहरूमाथि हुने दुर्व्यवहार रोकथाम गर्न आवाज उठाउनु यसको एउटा महत्त्वपूर्ण पाटो भएको बताउनुभएको छ । ‘बालिका शिक्षा बेलायतको एउटा प्राथमिकतामा रहेको विषय हो र सामुदायिक स्वयंसेवीहरूले विद्यालय उमेरका बालिकाहरूलाई शिक्षा प्राप्त गर्न सहयोग गरेको देख्दा मलाई धेरै खुशी लागेको छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा भीएसओ नेपालका राष्ट्रिय निर्देशक जयशंकर लालले नेपाल सरकारको शिक्षा नीति अनुरुप, नेपाल सरकारसँग निकट समन्वय र सहकार्य गर्दै भीएसओले विभिन्न कार्यक्रम गर्दै आएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘भीएसओले नेपालमा विगत ५७ वर्षदेखि सीमान्तकृत समुदायहरूलाई सबलीकरण गर्न शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, युवा सहभागिता, लैङ्गिक सवाल, विपद् उत्थानशीलता, सामाजिक समावेशी र सुशासनका क्षेत्रमा स्वयंसेवी परिचालन र साझेदारहरूमार्फत काम गर्दै आएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।